तातो दूधले मुख पोलेको मान्छे मोही देख्दा पनि फु–फु गर्छ भनेजस्तै हो देउवा र चुनाव, त्यसकारण दबाब जारी राख्नुपर्छ — OSNepal

तातो दूधले मुख पोलेको मान्छे मोही देख्दा पनि फु–फु गर्छ भनेजस्तै हो देउवा र चुनाव, त्यसकारण दबाब जारी राख्नुपर्छ

LC (KTM) February 02, 2022 0

काठमाडौं १९ माघ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय तहको निर्वाचन मिति घोषणा नहुन्जेल सम्म विश्वस्त भइहाल्ने आधार नभएको भन्दै सरकारको ध्यानाकषर्ण गराएका छन् ।

बुधबार युवा संघले आयोजना गरेको एक कार्यक्रममा नेता ज्ञवालीले चुनावको मिति घोषणा नहुन्जेल सम्म विश्वास गर्न नसकिने प्रतिक्रिया दिएका हुन् ।

‘तातो दूधले मुख पोलेको मान्छे मोही देख्दा पनि फु–फु गर्छ भनेजस्तै शेरबहादुरज्यू र चुनाव । घोषणा नहुन्जेल पत्याउनै गाह्रो ! दबाब जारी राख्नुपर्छ,’ उनले उक्त कार्यक्रममा भने ।

सबैको दवावको कारण नै नेपाली कांग्रेसले चुनावको मिति घोषणा गर्न बाध्य भएको समेत उनल जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर