थप ३ हजार ६३७ जनामा संक्रमण पुष्टि हुँदा १२ जनाले गुमाए ज्यान — OSNepal

थप ३ हजार ६३७ जनामा संक्रमण पुष्टि हुँदा १२ जनाले गुमाए ज्यान

LC (KTM) February 02, 2022 0

काठमाडौं १९ माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी पछिल्लो २४ घण्टामा देशभर ६ हजार ४९९ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार २०५ जना र ५ हजार ८३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ४३२ जना गरी ३ हजार ६३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर ७ हजार ५५५ जना कोरोना संक्रमितहरु निको भएर घर फर्किएका छन् ।

साथै १२ जना संक्रमितको भने ज्यान गएको छ । हाल नेपालमा ६९ हजार २९१ जना सक्रिय संक्रमितहरु रहेका मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर