ओलीलाई लक्षित गर्दै नेपालले भने : गठबन्धन तोड्नुस् साथ दिन्छौं भनेका होलान् तर गलत मनसाय सफल हुनेवाला छैन — OSNepal

ओलीलाई लक्षित गर्दै नेपालले भने : गठबन्धन तोड्नुस् साथ दिन्छौं भनेका होलान् तर गलत मनसाय सफल हुनेवाला छैन

LC (KTM) February 02, 2022 0

काठमाडौं १९ माघ । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले आउँदो स्थानीय निर्वाचनमा गठवन्धन मिलेर जाने बताएका छन् ।

आज बुधबार पार्टीको विद्यार्थी संगठनले गरेको रक्तदान कार्यक्रममा सहभागी भएका अध्यक्ष नेपालले यस्तो जानकारी दिएका हुन् ।

यही जेठ ४ गते हुने स्थानीय तह निर्वाचनमा सत्ता गठवन्धन मिलेर जाने बताएका नेपालले त्यसका लागि आफुहरुले छलफल सुरु गरेको बताएका छन् ।

नेकपा एमालेललाई लक्षित गर्दै नेपाले उक्त कार्यक्रममा भने ,‘कसैले चाहना राखेका होलान्, गठबन्धन तोडौं भनेका होलान्, गठबन्धन तोड्नुस् साथ दिन्छौं पनि भनेका होलान् । ‘

केपी ओलीलाई लक्षित गर्दै नेपालले यस्तो बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर