होटल याक एण्ड यती सहित ५ होटललाई ७ दिनभित्र सरकारलाई तिनुपर्ने रोयल्टी बुझाउन मन्त्री आलेको अल्टिमेटम — OSNepal

होटल याक एण्ड यती सहित ५ होटललाई ७ दिनभित्र सरकारलाई तिनुपर्ने रोयल्टी बुझाउन मन्त्री आलेको अल्टिमेटम

LC (KTM) February 02, 2022 0

काठमाडौँ १९ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रोयल्टी नबुझाउने पाँच क्यासिनोलाई सात दिनभित्र रोयल्टी बुझाउन पत्राचार गरेको छ ।हिजो मंगलबार मन्त्रालयले एक सुचना जारी गर्दै सातको दिनको समय दिएर ति होटललाई अल्टिमेटम दिएको हो ।

रोयल्टी नतिर्ने होटलहरुमा ओरियन्टल होटल्स लिमिटेड (याडिसन होटल) लाजिम्पाट,रक इन्टरनेशनल प्रालि काठमाडौँ, ह्याप्पी आवर प्रालि काठमाडौँ , होटल याक एण्ड यती लिमिटेड दरबारमार्ग र सेन्ट्रल मिडिया प्रालि काठमाडौँले क्यासिनो सञ्चालन गरेबापत सरकारलाई तिर्नु पर्ने रकम तिरेको छैन ।

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७६्/७७ सम्मको वक्यौता होटल याक एण्ड यती लिमिटेड दरबारमार्ग काठमाडौँले रु २० करोड ६८ लाख १५ हजार, ओरियन्टल होटल्स लिमिटेड (याडिसन होटल) लाजिम्पाटले रु १८ करोड ७६ लाख, रक इन्टरनेशनल प्रालि काठमाडौँले रु ११ करोड ४५ लाख ८२ हजार ८४८, ह्याप्पी आवर प्रालि काठमाडौँले रु २१ करोड ५५ लाख तथा सेन्ट्रल मिडिया प्रालि काठमाडौँले रु १३ करोड ३९ लाख ५० हजार बुझाउन बाँकी रहेको छ ।

पर्यटन मन्त्री प्रेम आलेले
क्यासिनोले तिर्न बाँकी रहेको रोयल्टी तिर्न ताकेता गरेपछि मन्त्रालयले ती होटलहरुलाई पत्रचार गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर