गठवन्धनको समर्थनमा प्रधानमन्त्री बनेका देउवालाई एमसीसी पारित गर्ने अधिकार छैन : नेकपा माओवादी — OSNepal

गठवन्धनको समर्थनमा प्रधानमन्त्री बनेका देउवालाई एमसीसी पारित गर्ने अधिकार छैन : नेकपा माओवादी

LC (KTM) February 02, 2022 0

काठमाडौं १९ माघ । नेकपा माओवादी केन्द्रका नेता गणेश साहले यदि संसद एमसीसी टेबल भयो भने आफ्नो पार्टी नैतिक रुपले पनि सरकारबाट हट्नुपर्ने बताएका छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहसमा नेता साहले यस्तो बताएका हुन् ।

नेकपा हुँदादेखि अहिलेसम्मका कमिटीले यथास्थितिमा एमसीसी पारित गर्नुहुँदैन भन्दै आएको स्मरण गराउँदै नेता साहले भने , ‘यो राष्ट्रको हितमा छैन भनिसकेका छन् । जुन कुरालाई हामी समर्थन गर्दैनौं, त्यो अघि बढेपछि सायद हामीले नैतिक रुपमा सरकारबाट हट्नुपर्छ । त्यसको परिणाम समयक्रमले देखाउने छ ।’

गठवन्धनको समर्थनमा प्रधानमन्त्री भएका शेरबहादुर देउवालाई एमसीसी पारित गर्ने अधिकार समेत नभएको बताएका उनले अघि भने , ‘शेरबहादुर देउवा गठबन्धनको समर्थनमा प्रधानमन्त्री हुनुभएको हो । उहाँलाई एमसीसी टेबुल गर्ने अधिकार छ कि छैन ? त्यो पनि सोच्नुपर्छ । तर यसमा गठबन्धनले यसमा साथ दिने छैन । संशोधन गर्न तयार भए अर्कै कुरा हो ।’

अमेरिकी हैकमको प्रतिरोध गर्न कम्युनिस्ट शक्ति तयार भएको बताएका साहले भनेका छन् , हामी अमेरिकी प्रशासनलको जोरजबर्जस्ती र नाकाबन्दीको विरोधमा जान्छौं ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर