नेकपा एमालेको केन्द्रिय सचिवालयका बैठक बस्दै, यस्तो छ बैठकको मुख्य एजेण्डा — OSNepal

नेकपा एमालेको केन्द्रिय सचिवालयका बैठक बस्दै, यस्तो छ बैठकको मुख्य एजेण्डा

LC (KTM) February 02, 2022 0

काठमाडौं १९ माघ । नेकपा एमालेको आज केन्द्रिय सचिवालयका बैठक बस्ने भएको छ । बैठक दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बस्ने बताइएको छ ।

आज बस्ने बैठकमा आउँदो जेठ ४ गते हुने स्थानीय तह निर्वाचनको तयारीमा विषयमा छलफल हुने भएको छ ।

साथै पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माण, विभागहरू गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशनलगायतका विषयमा समेत आजको केन्द्रिय सचिवालय बैठकमा छलफल हुने बताइएको छ ।

मंगलबार निर्वाचन आयोग र प्रधानमन्त्री शेरबहादुर देउवाबिच भएको छलफलमा निर्वाचनको टुंगो लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर