सिमकोट, १९ माघ- २३ माघका लागि तय भएकाे नेकपा (एमाले) हुम्लाको नवौँ जिल्ला अधिवेशन अनिश्चित बनेकाे छ । एमाले हुम्लाका कार्यवहाक अध्यक्ष ज्ञामी बुमीले काेराेना भाइरसकाे संक्रमणका कारण अधिवेशन स्थगित गरिएकाे बताए ।
‘पहिले हिमपातले अधिवेशन हुन सकेन । अहिले काेराेना बढेकाले याे अवस्थामा प्रतिनिधि आउन नसक्ने भएपछि स्थगित गरिएकाे हाे,’ उनले भने । एमाले केन्द्रीय कार्यालयले यसअघि ३ माघमा निर्देशन जारी गर्दै २३ माघका लागि अधिवेशन तय गरेकाे थियाे । सरकारले पनि सभा सम्मेलन नगर्न निर्देशन दिइसकेकाे छ ।
बुमीद्वारा जारी निर्देशनमा कोरोना संक्रमणको अवस्थालाई ध्यानमा राखेर पार्टीका जिल्ला कमिटीका नेतासँग अनौपचारिक सल्लाह गरी अर्को सूचना नभएसम्मका लागि जिल्ला अधिवेशन स्थगित भएकाे उल्लेख छ