केपी ओलीको भ्रम कसले तोड्ने ? — OSNepal

केपी ओलीको भ्रम कसले तोड्ने ?

LC (KTM) February 01, 2022 0

अनुसा थापा- सरकारले कोरोना बढेको भनेर माग मसान्तसम्म भेला, जुलुस, गोष्ठी, राजनितिक कार्यक्रम सबै स्थगित गरिदिएको छ । कुनै कार्यक्रममा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने भनेर भनिएको छ । केही दिनअघि भक्तपुरको एक होटलमा एमालेको ठुलो भेला भएको थियो ।एमाले अध्यक्षताको निर्देशनमा बैठक बस्यो । बैठकमा सय जनाभन्दा बढी भेला भएका थिए । कोरोनाले तहल्का मच्चाइरहेको बेला त्यस बैठकमा कमैले मात्र मास्क लगाएको देखियो । न सामाजिक दुरी न स्यानिटाइजर निस्फिक्री बैठक बसियो । बैठक सिद्धयाएर बाहिर निस्किएका महेश बस्नेत, गोकुल बाँस्कोटा, भानु ढकाल आफैले त कोरोनाविरुद्धको मापदण्ड पालना गरेनन् ।

यता, सरकार नै हामी हौ भनेर ठुल्ठुला भाषण गरे । सरकारले गरेको निर्णय हामी पालना गर्दैनौ, हामीलाई जे मनलाग्छ त्यही गर्छौ भनेर सरकारलाई चुनौती दिए । एमालेका यी नेताहरुले ठ्याक्कै गुण्डाले दिनजस्तो भाषण दिए । गुण्डा पृष्ठभुमिबाट आएकाहरुबाट अरु अपेक्षा पनि के गर्न सकिएला ।
पहिला जे काम गर्थे, त्यही शब्द बोले । केपी ओलीले केही ख्याल नै नगरी बैठक राखे । यस्ता गुण्डाहरुलाई प्रयोग गरेर माथि आउनु केपीको सपना हो । २०७० सालमा चुनाव हारेको महेश बस्नेतलाई केपीले उधोगमन्त्री बनाइदिएका थिए । २०७० सालभन्दा अघिको सरकारले काठ्माडौं उपत्यकाभित्र र बाहिर सञ्चालित इँटाभट्टालाई विस्थापन गर्ने निर्णय गरेको थियो ।

क्रसर उधोगलाई विस्थापन गर्ने भनेर सरकारले यसलाई उपत्यकाबाहिर सार्ने निर्णय भएको थियो । उधोगबाट निस्किएको धुवाँले क्यान्सर हुने, छाला चिलाउने, आँखा पोल्नेजस्तो समस्या निम्तिएपछि यी उधोगलाई बस्ती नभएको ठाँउमा राखिने भनिएको हो । तर, इँटाभट्टा साहुसंग अरबौ रुपैंया पैसा खाएर बस्नेतले म्याद थपिदिएका थिए ।इंटाभट्टा विस्थापन गर्ने निर्णय महेश बस्नेतले तुहाइदिएका हुन् । यता, क्रसर उधोगीहरुसंग पनि आर्थिक लेनदेन गरेर उनले यी उधोगहरुलाई उपत्यकाबाहिर सारेनन् । इँट्टाभट्टा बन्द नगर्दा प्रदुषण बढेको छ । स्वास्थ्यमा समस्यादेखि रहेको छ यसले वायुमण्डलमा समेत हानि पुप्याएको छ ।गोकुल बास्कोटा सुचना तथा सञ्चारमन्त्री हुँदा नेपालमै रकम छाप्ने मेशिन ल्याउने भनिएको थियो । सरकारले मेशिन खरिद प्रक्रिया अघि बढाउदा उनले ७० करोड कमिशन मागेको भिडियो सार्वजनिक भएको थियो । जसको कारण बास्कोटाले मन्त्रीबाट राजीनामा दिएका थिए ।

भानु ढकाल स्वास्थ्यमन्त्री हुँदा सामान खदिबिक्रीमा अर्बौ रुपैंया भ्रष्ट्राचार भएको तथ्य बाहिर आएको थियो । एमालेको नेता इश्वर पोख्ररेलले पानी ट्यांकीमा रकम लुकाएको भनी केही वर्षअघि समाचार सार्वजनिक भएको थियो । यस्ता गुण्डैगुण्डाले चलेको पार्टी एमालेलाई अझै पनि हामी नै सत्तामा आउछौं भन्ने घमण्ड छ ।
तर, पछिल्लो समय केपी ओलीले आफ्नो क्ष्।ेत्रबाट पनि चुनाव जित्दैन् भनेर धेरैले अड्कलबाजी गरेका छन् । यता, महेश बस्नेत, भानु ढकाल र गोकुल बास्कोटाले पनि चुनाव जित्न सक्दैन भन्नेमा सबै विश्वस्त छन् । सरकारले चाँडो स्थानीय चुनावको मिति घोषणा गर्नुपर्नेमा एमाले छ ।

स्थानीय चुनाव चाँडो नगरेमा आन्दोनमा आउने एमालेको चुनौती छ । तर, स्थानीय चुनाव हुने बित्तिकै एमालेको घमण्ड पानीमा मिसिन्छ । सरकारले स्थानीय चुनाव घोषणा गरेपनि एमालेलाई जित्न निकै नै धौ धौ छ । किन कि २०७४ सालमा स्थानीय चुनाव जितेको एमाले जनप्रतिनिधिहरुले सर्वसाधारणको केही काम नगर्ने ।
सरकारी गाडी चढ्ने र तलबभत्ता खानेबाहेक यिनीहरुले रत्तीभर पनि काम गरेको छैन् । अझै ठेक्कापट्टा गरेर कमिशन खानमा एमालेका जनप्रतिनिधिहरु माहिर छन् । २०७४ सालको चुनावमा केपी ओलीले ज्येष्ठ नागरिक र एकल महिलालाई पाँच हजार रुपैय भत्ता पुप्याइदिन्छ भनेर भोट मागेका थिए ।

तर, ओलीले आफ्नो बोलीमा टिकेर काम गर्न सकेनन् । ज्येष्ठ नागरिक र एकल महिलाको भावनामाथि यसरी खेलबाड गर्न पाइन्छ ? अब ज्येष्ठ नागरिकले पनि ओलीलाई भोटदिने छैनन् । अहिले धत्ता लिनको लागि ७० वर्ष कट्नुपर्छ । २०७४ सालमा शेरबहादुर देउवाले पद ओलीलाई हस्तान्तरण गर्नुभन्दा अघि एउटा निर्णय गरिएको थियो ।
देउवाले ६५ वर्ष नाघेकालाई ज्येष्ठ नागरिक भत्ता दिने निर्णय गरेका थिए । मृगौला, कलेजो फेल भएकालाई, मेरुदण्ड भाचिएकालाई, मनस्थिति गुमाएकालाई मासिक पाँच हजार दिने घोषणा देउवा सरकारबाट भएको थियो । यो निर्णयले आर्थिक कमजोर भएको, रोगीहरु धेरै खुसी भएका थिए ।तर, २०७४ फागुन ३ गते केपी ओली प्रधानमन्त्री हुनेबित्तिकै देउवाले गरेको निर्णय सबै खारेज गरियो । शेरबहादुर देउवाको निर्णयबाट एमालेकै कार्यकर्तासमेत हर्षित भएका थिए । अर्कोचोटिको चुनावमा जनताले कांग्रेसलाई भोट दिन्छन् भनेर ओली डराए । हाम्रो एमाले पार्टीले चुनाव हार्छ भन्ने डरडरैले ओलीले जनताको हितमा गरिएको निर्णय खारेज गरिदिए ।

यसको नतिजा एमालेले भोग्ने दिन आउदैछ । ज्येष्ठ नागरिक, दीर्घकालिन रोगी र आर्थिक कमजोरमाथि ओलीले गरेको घातको जवाफ अब जनताले नै दिनेछन् । हाल मुलुकको प्रधानमन्त्री शेरबहादुर देउवा छन् । तर, देउवाले पहिले गरेको निर्णय किन फिर्ता ल्याउदैन् ? ज्येष्ठ नागरिकले ६५ वर्षमै भत्ता पाउने निर्णय किन गरिएन् ?
के पहिले गरेको निर्णय देउवाले सबै बिर्सिएको हुन् ? दीर्घकालिन रोगीको उपचारमा किन संलग्न भएनन देउवा ? देउवा सरकारले यो निर्णय गर्न सक्ने हो भने अर्को चुनावमा कांग्रेसले जित्ने निश्चित छ । सरकारले आर्थिक कमजोर भएकालाई पनि मासिक भत्ता दिने व्यवस्था गर्नुपर्छ ।
कि युवाहरुलाई सरकारले रोजगार दिनुपर्छ कि बेरोजगारी भत्ता दिनुपर्छ भन्ने नारा लगाएर महेश बस्नेतले चुनाव जितेको हो । आफु उधोगमन्त्री बन्दा न युवालाई रोजगारी दियो । न बेरोजगारी भत्ता । कालोमासो दलेर बजार घुमाउनुपर्ने जस्ता नेता छन् नेपालमा । केपी ओलीले आफु प्रधानमन्त्री हुँदा शैक्षिक योग्यताको प्रमाणपत्र राखेर व्यापार व्यवसाय गर्नलाई ऋणको व्यवस्था गर्ने भनेका थिए ।
तर, सो पनि भाषणमै सिमित भयो । जनता झुक्काएर चुनाव जितेका ओली सरकारबाट केही सेवासुविधाको अपेक्षा राख्नु पनि बेक्कार नै थियो । उखानटुक्काले प्रधानमन्त्री बनेकोले जनताको लागि कुनै राम्रो निर्णय गर्न सकेनन् । उल्टै अर्को सरकारले गरेको निर्णय खारेज गरिदिए ।अब चुनाव गुण्डागर्दी र उखानटुक्काले जित्न सकिदैन् । अझै पनि अरुलाई भप्याङ बनाएर खुड्किलो चढ्छु भनेर ओलीले नसोच्दा पनि हुन्छ । आफु प्रधानमन्त्री भएको बेलामा ओलीले मुलुकको नक्सा समावेश केक काटेर जन्मदिन मनाए । आफ्नो नजिकको मान्छेलाई मन्त्री बनाउने ठेक्का दिने कमिशन खाने बाहेक केही नगरेकाले मुलुकको नक्सा अंकित केक काट्ने ?
दुर्गम जिल्लाबाट चुनाव जितेर आएका सांसद्लाई मन्त्री नदिने । तर, बिसौ वर्ष सरकारी जागिर खाएर जनता र राष्ट्रको लागि केही नगरेको भुपु कर्मचारी युवराज खतिवडालाई अर्थ मन्त्री बनाइयो । आफ्नो क्षेत्रको मान्छे भनेर अर्थमन्त्री बनाएको खतिवडाले केही गर्न सकेनन् ।

जनताबाट चुनिएको सांसद्ले अर्थमन्त्री पाएनन् । खतिवडा र ओलीले मिलेर जनताले तिरेको कर बसै झापामा लगेर खन्याइदिए । खतिवडा मन्त्रीबाट हटिसकेपछि उनलाई अमेरिकाको लागि नेपाली राजदुत बनाइयो । तर, आफु प्रधानमन्त्री हुँदा केही गर्न नसकेर दुई चोटि सांसद विघटन गर्ने पनि ओली नै हुन् ।
अझै पनि हाम्रो पार्टी सत्तामा आयो भने हामी जित्छौ भन्नु केपीको भ्रम हो । आफु प्रधानमन्त्री हुँदा के के कर्तुत गरेको छु भनेर हेक्का नराख्नेलाई कसले भोट दिन्छ । अझै पनि नेपाली जनताको भावनामा चोट पुप्याउन ओलीलाई लाज लाग्दैन् । अबको चुनावमा एमालेले भोट पाउदैन । अब पनि आन्दोलन गर्छु, सरकारको निर्णय मान्दिन भन्ने हो भने ओलीलाई समातेर जेल कोच्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर