डा. बाबुरामलाई डा. भीम रावलको जवाफ : पीचडी त्रिभुवन विश्वविद्यालयको होइन सीमापारिको नक्कली हुन्छ — OSNepal

डा. बाबुरामलाई डा. भीम रावलको जवाफ : पीचडी त्रिभुवन विश्वविद्यालयको होइन सीमापारिको नक्कली हुन्छ

LC (KTM) February 01, 2022 0

काठमाडौं १८ माघ । नेकपा एमालेका नेता भीम रावलले जनता सामाजवादी पार्टीका नेता बाबुराम भट्टराईले दिएको अभिव्यक्ति माथि कडा जवाफ फर्काएका छन् एमसीको विषयलाई लिएर दुई नेता बिच सामाजिक सञ्जाल मार्फत दोहोरी नै चलेको छ ।

डा। भट्टराईले रावल नक्कली पीएचडी हुन् भनेर ट्विटरमा प्रश्न गरेपछि नेता रावलले त्रिभुवन विश्वविद्यालयबाट पीएचडी कसैको नक्कली हुने चर्चा नै हुन्न भन्दै सिमा पारिको पीएचडी चाँही नक्कली हुने हुने बताएका छन् ।

डा. भट्टराईले भारतको जेएनयूबाट पीएचडी गरेका हुन् भने, डा. रावलले नेपालकै त्रिभुवन विश्वविद्यालयबाट पीएचडी गरेका हुन् ।

डा. रावलले लेखेका छन्, ‘बाबुरामजी प्रधानमन्त्री हुँदा २०६८ मा चुपचाप एमसीसीसँग पत्राचार गरी टोली गठन गरिएको तथ्य मैले उल्लेख गरेको छु । त्यो बेला दलीय सहमतिबाट मात्र त्यस्तो गर्न सकिन्थ्यो तर जानकारीसम्म गराइएन । पीएचडी नक्कली सीमापारि हुने गरेको सधैं चर्चा हुन्छ, त्रिभुवन विश्वविद्यालयबाट पीएचडी कसैको नक्कली हुने चर्चा नै हुन्न ।’

यसैगरी डा बाबुरामले लेखेका छन्, ‘यी कण भीम रावलले पीएचडी गरेको भनेर नाउँको अगाडि ‘डा.’ पनि झुण्ड्याउँछन् ! विद्यावारिधि गर्दा कसैबारे कुनै दाबी गरियो भने त्यसको स्रोतरमितिरस्थान खुलाउनुपर्छ । उनले दाबी गरेजस्तो ‘बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गरेको’ हो भने कहिले, कहाँ, कसरी खुलाउनुपर्दैन ? कि यी नक्कली पीएचडी हुन् ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर