केही दिनभित्रै नेपाल विद्यार्थी संघको महाधिवेशन गराउनेबारे पार्टीले आवश्यक निर्णय लिन्छ : महामन्त्री थापा — OSNepal

केही दिनभित्रै नेपाल विद्यार्थी संघको महाधिवेशन गराउनेबारे पार्टीले आवश्यक निर्णय लिन्छ : महामन्त्री थापा

LC (KTM) February 01, 2022 0

काठमाडौं १८ माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही दिनभित्रै नेपाल विद्यार्थी संघको महाधिवेशन गराउनेबारे पार्टीले आवश्यक निर्णय लिने जानकारी दिएका छन् ।

मंगलबार नेवि संघका नेता, कार्यकर्तासँग पार्टी कार्यालय सानेपामा भएको भेटमा महामन्त्री थापाले यस्तो जानकारी गराएका हुन् ।

उनले नेविसंघको महाधिवेशनबारे आवश्यक निर्णय लिन शुक्रबार नै पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्ने जानकारी समेत दिएका छन् ।

उनले शैक्षिक गतिविधिलाई प्रभावकारी बनाउन नेविसंघका नेताहरूले महाधिवेशन छिटो सम्पन्न गर्न समेत आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर