भारत सरकारको अनुदानमा महाकाली नदीमा गाडी गुड्ने पुल निर्माणका लागि भारत र नेपालबीच एक सम्झौता पत्रमा हस्ताक्षर — OSNepal

भारत सरकारको अनुदानमा महाकाली नदीमा गाडी गुड्ने पुल निर्माणका लागि भारत र नेपालबीच एक सम्झौता पत्रमा हस्ताक्षर

LC (KTM) February 01, 2022 0

काठमाडौं १८ माघ । महाकाली नदीमा गाडी गुड्ने पुल निर्माणका लागि भारत र नेपालबीच सम्झौता भएको छ ।

नेपालका लागि भारतीय राजदूत महामहिम श्री विनय मोहन क्वात्रा र नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव श्री रविन्द्रनाथ श्रेष्ठले माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रीमती रेणु कुमारी यादवको सहभागितामा उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतासँगै उक्त पुलाको निमार्ण कार्य चाँडै सुरु हुने पनि बताइएको यो परियोजना वाणिज्य, सांस्कृतिक तथा जनता–जनताबीचको सम्बन्धलाई सुव्यवस्थित बनाउन दुई देशका सरकारले प्राथमिकताका साथ अघि सारेको सीमापार कनेक्टिभिटि अनुरुप रहेको छ ।

प्रेस विज्ञप्ति
महाकाली नदीमा गाडी गुड्ने पुल निर्माणका लागि सम्झौता पत्रमा हस्ताक्षर

१.भारत सरकारको अनुदान सहयोगमा महाकाली नदीमा भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने गाडी गुड्ने पुलको निर्माणका लागि भारत र नेपालबीच एक सम्झौता पत्रमा हस्ताक्षर भयो ।
२.नेपालका लागि भारतीय राजदूत महामहिम श्री विनय मोहन क्वात्रा र नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव श्री रविन्द्रनाथ श्रेष्ठले माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रीमती रेणु कुमारी यादवको उपस्थितिमा सो सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।
३.यस परियोजनाले नेपालको सुदुरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार कनेक्टिभिटिलाई सुदृढ बनाउनुका साथै दुवै तर्फको सीमा समुदायबीच रहेको जनता–जनताबीचको सम्पर्कलाई थप मजबुत बनाउनेछ । यो परियोजना वाणिज्य, सांस्कृतिक तथा जनता–जनताबीचको सम्बन्धलाई सुव्यवस्थित बनाउन दुई देशका सरकारले प्राथमिकताका साथ अघि सारेको सीमापार कनेक्टिभिटि अनुरुप रहेको छ ।
४. उक्त पुलको निर्माण चाँडै सुरु गर्ने योजना रहेको छ ।

काठमाडौं, नेपाल
२०७८ माघ १८

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर