काठमाडौं महानगरपालिकाले माग्यो ठुलो संख्यामा कर्मचारी — OSNepal

काठमाडौं महानगरपालिकाले माग्यो ठुलो संख्यामा कर्मचारी

LC (KTM) February 01, 2022 0

काठमाडौं १८ माघ । काठमाडौं महानगरपालिकाले ठुलो संख्यामा कर्मचारी माग गरेको छ ।

गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण सर्वेक्षणका लागि महानगरपालिकाले कुल २३१ जना कर्मचारी करारमा माग गरेको हो । जसमा करार सेवामा २१ जना सुपरीवेक्षक र २१० जना गणक माग गरिएको छ ।

यसको लागि १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका र आवश्यक न्युनतम योग्यता पुगेका व्यक्तिहरुले आवेदन दिन सक्ने महानगरले जारी गरेको सुचनामा जनाइएको छ ।

आवेदन भने काठमाडौं महानगरपालिकाको वेबसाइट मार्फत अनलाइन प्रणालीबाट मात्र स्वीकृत हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर