एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ताहरु सञ्चार मन्त्री कार्की सवार गाडीलाई देखाए कालो झण्डा — OSNepal

एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ताहरु सञ्चार मन्त्री कार्की सवार गाडीलाई देखाए कालो झण्डा

LC (KTM) February 01, 2022 0

काठमाडौं १८ माघ । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सुचना मन्त्री ज्ञानेन्द्र बहादुर कार्की चढेको गाडीलाई कालो झण्डा देखाइएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ताहरुले ललितपुरको पुल्चोकमा मन्त्री कार्कीको गाडीलाई कालो झण्डा देखाई अवरोध गरेका हुन् ।

नारा लगाउँदै एक छिन अवरोध गरेपछि प्रहरी आएर भिडलाई हटाएको थियो । सरकारले स्थानीय तह निर्वाचनको मिति नतोकेको भन्दै केन्द्रीय कमिटीको योजना अनुसार नै कालो झण्डा देखाएको अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष सुनिता बरालले जानकारी दिएकी छन् ।

वैशाखमा हुने स्थानीय निर्वाचन सारेर गठवन्धन सरकारले जेठमा पुर्याएको छ । भने जेठमा गर्ने भनिए पनि मिति भने टुंगो लगाएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर