एमसीसीको विपक्षमा जाने हो, बरु गठवन्धन टुटे टुट्छ : नेकपा एकिकृत समावजादी — OSNepal

एमसीसीको विपक्षमा जाने हो, बरु गठवन्धन टुटे टुट्छ : नेकपा एकिकृत समावजादी

LC (KTM) February 01, 2022 0

काठमाडौं १८ माघ । नेकपा एकिकृत समाजवादी पार्टीका उपमहासचिव डा। विजयकुमार पौडेलले गठवन्धन टुटेपनि एमसीसीको पक्षमा नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहस सहभागी भएका उनले यस्तो बताएका हुन् ।

नेता पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा एमसीसी पेश गरेपनि एमसीसीको विपक्षमा आफ्नो दल रहेकाले विपक्षमा मत हाल्ने समेत कार्यक्रममा स्पष्ट पारेका छन् ।

माओवादीले के गर्छ थाहा छैन तर हामी विपक्षमा मत हाल्छौं । यसबारे कांग्रेसमा पनि विवाद छ । घातक सम्झौता कुनै पनि हालतमा पास गर्ने कुरा हुँदैन । यथास्थितिमा यो असफल हुन्छ ।

एमसीसीको नाम गठवन्धन नभत्कने दावी गरेका उनले प्रधानमन्त्री देउवाले एमसीसी पारित भएन भने गठबन्धन टुट्छ भन्ने समाचार प्रायोजित भएको समेत बताएका छन् । ‘प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी रोज्ने कि सरकार रोज्ने भन्नुभएको छैन’ उनले भने ।

आफ्नो दल आम निर्वाचनमा एमसीसीको विपक्षमा एजेन्डा लिएर जाने बताएका उनले एमसीसीको विपक्षमा एजेन्डा लिएर जाने र साझा मुद्दा तय गर्ने बताएका छन् । ‘त्यसमा कोही मिल्छन् भने मिल्छन् । मिल्दैनन् भने मिल्दैनन् । माओवादी केन्द्रसँग एकता हुन्छ कि हुँदैन, थाहा छैन तर चुनावी मोर्चाचाहिँ बन्छ ।’ उनले भने ।

केपी ओलीले राष्ट्रघाती कामका लागि सौदाबाजी गरेकाले आफुहरुले विद्रोह गरेको बताएका उनले यो सरकार लोकतन्त्र र संविधानको रक्षाका लागि बनेको समेत दावी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर