कोरोनाको खोपको विवरण माघ २१ गतेभित्र पठाउन स्वास्थ्य मन्त्रालयको निर्देशन — OSNepal

कोरोनाको खोपको विवरण माघ २१ गतेभित्र पठाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

LC (KTM) January 31, 2022 0

काठमाडौँ, १७ माघ-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कोरोना भाइरसविरुद्धको खोपको विवरण पठाउन आफू मातहतको निकायलाई निर्देशन दिएको छ । कोभिड–१९ विरुद्धको खोप अभिलेख सम्बन्धमा गठित छानबिन समितिको आज बसेको बैठकले स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा, सातवटै प्रदेशको स्वस्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, ७७ वटै जिल्ला स्वास्थ्य कार्यालय, ७५३ वटै स्थानीय तहलाई खोपको मौज्दात र खोप लगाएका व्यक्तिको विवरण पठाउन निर्देशन दिएको समितिका संयोजक डा गुणराज लोहनीले जानकारी दिनुभयो ।

समितिले यही माघ २१ गते दिउँसो ४ बजेभित्र सबै खोपको विवरण उपलब्ध गराउन निर्देशन दिएको हो । मन्त्रालयले खोपको यकिन तथ्याङ्क नभेटिएपछि आइतबार मन्त्रालयका प्रमुख विशेषज्ञ डा लोहनीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर