काठमाडौं १७ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारलाई स्थानीय तह निर्वाचनको मिति टुंगो लगाउन दवाव दिने भएको छ ।
सोमबार पार्टी कार्यालय बसेको केन्द्रीय कार्यालयको बैठकले स्थानीष् तह निर्वाचनको मिति चाडो भन्दा भाडो तोक्न सरकारलाई दवाव दिने निणर्य गरेको हो ।
स्थानीय निर्वाचन वैशाखको महिनाभित्र गर्नुपर्छ भन्दै बैठकमा सहभागी एक नेताले बताएका छन् ।
स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दबाब दिन देशव्यापी अभियान चलाउनका लागि जनसंगठनलाई निर्देशन दिने समेत बैठकमा निणर्य भएको छ ।
एमाले सचिव योगेश भट्टराईले दिएको जानकारी अनुसार पार्टीका तर्फबाट सरकारको ध्यानाकर्षण गर्ने र आवश्यक परे प्रधानमन्त्रीसमक्ष ‘हाई लेभल डेलिगेसन’ जाने निर्णय भएको जनाएका छन् ।