थप ५ हजार २९२ जनामा संक्रमण पुष्टि ,८ हजार १९१ जना भए निको , ८ जनाले गुमाए ज्यान — OSNepal

थप ५ हजार २९२ जनामा संक्रमण पुष्टि ,८ हजार १९१ जना भए निको , ८ जनाले गुमाए ज्यान

LC (KTM) January 31, 2022 0

काठमाडौं १७ माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार २९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर १० हजार ३६८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४७२ जना र ५ हजार ७२० जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ८२० जना गरी ५ हजार २९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी , पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको ज्यान गएको छ । योसँगै नेपालमा हाल सम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ७४३ पुगेको छ ।

साथै आज एकै दिन ८ हजार १९१ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या

८ लाख ६२ हजार ८९८ जना पुगेको छ । हाल देशभरमा ७९ हजार २७२ सक्रिय संक्रमित रहेका छन् ।

आज पुष्टि भएको संक्रमति मध्ये काठमाडौं उपत्यकामा १ हजार ७७२ जना रहेका छन् । जसमा उपत्यकामा मात्र १,३६१, ललितपुरमा २७१ र भक्तपुरमा ९० जना संक्रमित रहेको पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर