काठमाडौंस्थित मित्रपार्कमा एक युवक मृत अवस्थामा फेला, दुई जना पक्राउ — OSNepal

काठमाडौंस्थित मित्रपार्कमा एक युवक मृत अवस्थामा फेला, दुई जना पक्राउ

LC (KTM) January 31, 2022 0

काठमाडौं १७ माघ । काठमाडौं स्थित मित्रपार्कमा एक युवकको शव फेला पारेको छ। गएराति ११ बजे स्थानीयले प्रहरीलाई खबर गरेपछि महानगरीय प्रहरी परिसरबाट खटिएको प्रहरी टोली घटना स्थल पुगेको हो ।

घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पशुपति क्षेत्रमा बस्ने ३८ वर्षीय रुद्रबहादुर केसी र २८ वर्षीय सुरेश दर्नाल रहेका छन् । अर्का एक जना फरार रहेको प्रहरीले जनाएको छ ।

घटनाको प्रकृति हेर्दा एक आपसमा झगडा गरी हत्या भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरीले दिएको जानकारी अनुसार मृतको के कारणले ज्यान गएको हो त्यो अनुशन्धान पनि मा थाहा हुने जनाएको छ ।

मृतको भने पहिचान हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर