यी चार फार्ममा फैलियो बर्डफ्लु — OSNepal

यी चार फार्ममा फैलियो बर्डफ्लु

LC (KTM) January 31, 2022 0

काठमाडौं १७ माघ । मोरङको चार वटा कुखुरा फर्ममा बर्डफ्लु पुष्टि भएको छ । धमाधम कुखुरा मर्न थालेपछि गरिएको परिक्षणमा बर्ड फ्लुको संक्रमण पुष्टि भएको हो ।

जिल्लाको ग्रामथान, बुढीगंगा र कटहरी गाउँपालिकाका चारवटा फर्ममा बर्डफ्लु पुष्टि भएको छ । बर्डफ्लु पुष्टि भएसँगै उक्त फार्मको कुखुरा नष्ट गर्ने काम भइरहेको बताइएको छ ।

कटहरी गाउँपालिका–७ स्थित पद्मश्री बहुदेश्यीय कृषि फार्म, ग्रामथान गाउँपालिका–१ स्थित श्रीगणेश कृषि फार्म,ग्रामथान–१ खुनियाकट्टामा रहेको महेन्द्र खड्काले संचालन गरेको काव्या कृषि फार्म र बुढीगंगा गाउँपालिका–५ स्थित किशोर सरदारले संचालन गरेको रास एग्रोभेट फार्म बर्डफ्लु देखिएको छ ।

अहिले उक्त चार वटै फार्म हाउसको कुखुरा , अण्डा दाना नष्ट गर्ने काम भइरहेको छ । काठमाडौंस्थित पशुपंक्षी अन्वेषण प्रयोगशालाले यी स्थानमा बर्डफ्लु पुष्टि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर