प्रचण्ड नेपाल सहमत नभए ओलीलाई साथमा लिएर एमसीसी पारित गर्ने देउवाको तयारी — OSNepal

प्रचण्ड नेपाल सहमत नभए ओलीलाई साथमा लिएर एमसीसी पारित गर्ने देउवाको तयारी

LC (KTM) January 31, 2022 0

काठमाडौं १७ माघ । अमेरिकी सहयोगसम्बन्धी एमसीसी पारित गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहमत नभए प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई साथमा लिएर जाने तयारीमा लागेको बताइएको छ ।

यथास्थितिमा एमसीसी पारित नगर्ने भन्दै आएको माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई सहमतिमा आउन देउवाले आग्रह गरेका छन् । सहमतिमा नआए अर्को विकल्पमा जाने देउवाको तयारी रहेको छ ।

भोली अर्थात माघ १८ गते एमसीसी पारित गर्ने अन्तिम जसको लागि देउवा यतिबेला दवाव छन् भने , गठवन्धन सहमत नभए ओलीलाई साथमा लिएर एमसीसी पास गर्ने तयारीमा देखा परेका छन् ।

गठवनन्धनका जसपाका नेता बाबुराम भट्टराई भने एमसीसी तत्काल पारित गर्न भन्दै आग्रह गर्दै आएका छन् ।

अन्तिम सम्म पनि प्रचण्ड नेपालसँग सहमति गरेर जाने पक्षमा देखिएका देउवाले यसको विकल्पको रुपमा ओलीसँग पनि सहकार्य गर्ने तयारी पुरा गरिसकेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर