हराएको २४ लाख डोज खोप खोज्न ५ सदस्यीय छानबिन समिति गठन — OSNepal

हराएको २४ लाख डोज खोप खोज्न ५ सदस्यीय छानबिन समिति गठन

LC (KTM) January 31, 2022 0

काठमाडौं-हराएको भनिएको २४ लाख डोज कोरोनाविरुद्धको खोपको खोजी गर्न सरकारले छानबिन समिति बनाएको छ । कोरोना महामारी तिब्ररुपमा बढिरहँदा मन्त्रालयले २४ लाख मात्रा खोप रेकर्डमा नभएको जनाएको थियो । त्यति ठूलो संख्यामा खोप हराएको भन्दै खोप व्यवस्थापनलाई लिएर सरकारको आलोचना भइरहँदा मन्त्रालयले छातनबिनका लागि ५ सदस्यीय समिति बनाएको हो ।

उक्त ५ सदस्यीय समितिले खोप अभिलेख विवरण अध्यावधिक गर्ने जिम्मेवारी पनि पाएको छ । समितिले २ हप्तामा प्रतिवेदन बुझाउने मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर