राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित — OSNepal

राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित

LC (KTM) January 30, 2022 0

काठमाडौ १६ माघ । विशेष कारण देखाउँदै राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । भोली सोमबार लागि बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित गएिको हो ।

संघीय संसदका महासचिव डा भरतराज गौतमले आज आइबार जारी गरेको सूचनामा राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको उल्लेख गरिएको छ ।

यसअघि आज बस्ने भनिएको संसद बैठक पनि माघ २६ गतेलाई सारिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर