आज बस्ने भनिएको संसद बैठक माघ २६ गते बस्दै — OSNepal

आज बस्ने भनिएको संसद बैठक माघ २६ गते बस्दै

LC (KTM) January 30, 2022 0

काठमाडौं १६ माघ । आज आइतबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले कोरोना संक्रमणका कारण जोखिम कायमै रहेको भन्दै आज बस्ने भनिएको संसद बैठक स्थगित गरिएको जानकारी गराएका हुन् ।

अब संसद बैठक माघ २६ गतेका लागि तोकिएको संसद सचिवालयका महासचिव भरतराज गौतम जानकारी गराएका छन् ।

गौतमले हिजो शनिबार एक सुचना मार्फत संसद बैठक माघ २६ गतेका लागि तोकिएको जानकारी गराएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर