स्थानीय तहको चुनाव जेठभित्र गर्ने सत्ता गठबन्धनको निष्कर्ष — OSNepal

स्थानीय तहको चुनाव जेठभित्र गर्ने सत्ता गठबन्धनको निष्कर्ष

LC (KTM) January 29, 2022 0

काठमाडौं – सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन आगामी जेठभित्र गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ ।

बालुवाटारमा बसेको गठबन्धनको बैठकले जेठभित्र चुनाव सम्पन्न गर्न ५ दलीय संयन्त्रमार्फत् सरकारलाई सुझाव दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानसँग बाझिएका कानुन संशोधनको तयारी गर्न पनि सरकारलाई सुझाव दिने निर्णय भएको बताएका छन् ।

स्थानीय तहको चुनावको मिति विवाद भएपछि त्यसबारे निर्णय गर्न गठबन्धनले दुई चरणमा छलफल गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर