राजस्व छली मुद्दामा जेल परेका रायभारलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न सर्वोच्चको आदेश — OSNepal

राजस्व छली मुद्दामा जेल परेका रायभारलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न सर्वोच्चको आदेश

LC (KTM) January 28, 2022 0

काठमाडौं १४ माघ । सर्वोच्च अदालतले उमाशंकर रायभारलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । राजस्व छली मुद्दामा ७५ हजार रुपैयाँ धरौटी बुझाउन नसकेपछि जेल परेका रायभारलाई धरौटीमा छाड्न सर्वोच्चले आदेश दिएको हो ।

शुक्रबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको इजलासले उच्च अदालत पाटनले जारी गरेको ७५ हजार धरौटी बदर गर्दै २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

सर्वोच्चको आदेशमा भनिएको छ, निवेदकको नाउँमा व्यापारिक कारोबार गर्ने संस्था दर्ता रहेता पनि सो संस्थाको खातापातालगायत संस्था सञ्चालन गर्ने र प्रयोग गरी सम्पूर्ण लाभ लिने कार्य प्रतिवादी सरोजकुमार मिश्रले गर्ने गरेको र निजले नै वास्तविक कारोबार गरिरहेको सन्दर्भमा यी निवेदकबाट राजस्व चुहावटमा प्रत्यक्ष हानी नोक्सानी गर्ने कार्यमा संलग्नता रहेको नदेखिनुको अतिरिक्त,

सो विगोको दावी अन्य मुख्य प्रतिवादीहरु उपरसमेत रहेको तथा निवेदकको आर्थिक अवस्था पारिवारिक स्थिति र कसूरबाट सिर्जित परिणाम तथा प्रस्तुत मुद्दाको विषयवस्तु तथ्य र निवेदकको संलग्नताको स्थिति समेतको रोहबाट निवेदक प्रतिवादीबाट २५ हजार रुपैयाँ नगद वा जेथा धरौट माग गर्नु उपयुक्त र न्यायोचित हुने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर