प्रचण्ड नेपाललाई च्याँखे थाप्ने दलको नाम दिएका एमाले नेता बस्नेतले भने, अब नेपालमा कांग्रेस र कम्युनिष्ट दुईवटा दलको आवश्यकता छ — OSNepal

प्रचण्ड नेपाललाई च्याँखे थाप्ने दलको नाम दिएका एमाले नेता बस्नेतले भने, अब नेपालमा कांग्रेस र कम्युनिष्ट दुईवटा दलको आवश्यकता छ

LC (KTM) January 28, 2022 0

चितवन १४ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि कडा आलोचना गरेका छन् ।

शुक्रबार प्रेस चौतारी चितवनले भरतपुरमा गरेको पत्रकार सम्मेलनमा सहभागी भएका नेता बस्नेतले प्रचण्ड र नेपाललाई नेपाली कांग्रेससँग एकता गर्न भन्दै कडा आलोचना गरेका हुन् ।

उनले अब नेपालमा कांग्रेस र कम्युनिष्ट दुईवटा दलको आवश्यकता रहेको भन्दै च्याँखे थाप्ने दलको काम नभएको बताएका छन् ।

यस्ता च्याँखे थाप्ने दलले विकास र समृद्धि रोकिने बताएका उनले भनेका छन्, ‘ठूला दलका बीचमा खेलेर अस्थिरता सिर्जना गर्ने यस्ता दललाई जनताले पनि साथ दिन हुन्न ।’

साथै सम्मेलनमा नेता बस्नेतले पाँच दल मिल्दा पनि एमालेलाई चुनावमा जित्न नसक्ने भएपछि स्थानीय तह निर्वाचनको मिति सार्न लागि परेको उनको टिप्पण ि गरेका छन् ।

स्थानीय निर्वाचन सारेर सरकारले नै संविधानको अपव्याख्या गरेको समेत आरोप लगाएका छन् । सत्ता गठवन्धन सबैतिरबाट असफल भएको टिप्पणी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर