प्रधानमन्त्रीज्यु,कोरोना विरुद्धको २४ लाख डोज खोप हिनामिना गर्ने महाअपराधी हुन् त्यस्तालाई कडाभन्दा कडा कारबाही गरियोस् : उपसभापति गुरुङ — OSNepal

प्रधानमन्त्रीज्यु,कोरोना विरुद्धको २४ लाख डोज खोप हिनामिना गर्ने महाअपराधी हुन् त्यस्तालाई कडाभन्दा कडा कारबाही गरियोस् : उपसभापति गुरुङ

LC (KTM) January 28, 2022 0

काठमाडौं १४ माघ । सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले प्रधानमन्त्री शेरबहादुर देउवालाई कोभिंंड विरुद्धको २४ लाख डोज खोप हराएको विषयमा छानवीन समिति गठन गरि दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् ।

उपसभापति गुरुङले २४ लाख डोज खोप हराएको सन्दर्भमा पार्टीका सभापति समेत रहेको प्रधानमन्त्री देउवाले चासो लिनु राम्रो भएका बताउँदै सामाजिक सञ्जाल मार्फत यस्तो बताएका हुन् ।

जनताको स्वास्थ्यमाथि खेलवाड गर्नेहरु महाअपराधी भएको टिप्पणी गरेको उनले कारवाहीको माग समेत गरेका छन् ।

उनले भनेका छन् , कोभिंंड विरुद्धको २४ लाख डोज खोप हराएको सन्दर्भमा
@PM_nepal_ ले चासो लिएको राम्रो हो।प्रधानमन्त्रीज्यु ! यस सन्दर्भमा छानवीन समिति गठन गरि दोषीलाई कडाभन्दा कडा कारबाही गरियोस्। जनताको स्वास्थ्यमाथि खेलवाड गर्नेहरु महाअपराधी हुन्।
जय नेपाल।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर