जनविरोधी सत्ता गठबन्धनले जनतालाई मूर्ख बनाउँदै संविधानको अपव्याख्या गरेका छन्, अब खबरदारी गर्ने बेला भयो एमाले : नेता कर्ण — OSNepal

जनविरोधी सत्ता गठबन्धनले जनतालाई मूर्ख बनाउँदै संविधानको अपव्याख्या गरेका छन्, अब खबरदारी गर्ने बेला भयो एमाले : नेता कर्ण

LC (KTM) January 28, 2022 0

काठमाडौं १४ माघ । नेकपा एमालेका नेता कर्णबहादुर थापाले नविरोधी सत्ता गठबन्धनले जनतालाई मूर्ख बनाउँदै संविधानको अपव्याख्या गरिरहेको आरोप लगाएका छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’मा नेता थापाले यस्तो आरोप लगाएका हुन् । अब जनतालाई सचेत बनाउँदै जालझेल र षडयन्त्रमा रमाइरहेको सत्ता गठबन्धनलाई खबरदारी गर्ने बेला भएको भन्दै नेता थापा आक्रोशित बनेका छन् ।

कोरोनालाई बहाना बनाएर लोकतन्त्रका मूल्य र मान्यता समाप्त गर्न नमिल्ने बताएका उनले संविधानको एउटा धारा पढेर अपव्याख्या गर्न नमिल्ने स्पष्ट पारेका छन् । सगठवन्धन दल नेताहरुलाई पढ्न आउँछ कि आउँदै भन्दै उनले प्रश्न गरेका छन्।

‘उनीहरुले धारा २२५ को अपव्याख्या गरिरहेका छन् । एउटा धारा मात्र पढेर संविधानको व्याख्या गर्न मिल्छ ? संविधानले स्थानीय तहको अवधि ५ वर्ष भनेर किटान गरेपछि कानुनले त्यसलाई थप स्पष्ट व्यवस्था गरिसकेको छ । गठबन्धनका नेताहरुलाई नेपाली पढ्न आउँछ कि आउँदैन ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर