अध्यक्ष ओलीलाई लक्षित गर्दै महामन्त्री शर्माले भने , संक्रमण पुष्टिपछि स्वास्थ्य मापदण्ड पालना नगर्नु बहादुरी होइन, गैह्र जिम्मेवारीको पराकाष्ठा हो — OSNepal

अध्यक्ष ओलीलाई लक्षित गर्दै महामन्त्री शर्माले भने , संक्रमण पुष्टिपछि स्वास्थ्य मापदण्ड पालना नगर्नु बहादुरी होइन, गैह्र जिम्मेवारीको पराकाष्ठा हो

LC (KTM) January 28, 2022 0

काठमाडौं १४ माघ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोरोना संक्रमण पुष्टिपछि आइसोलेसनमा बस्नु हरेक नागरिकको जिम्मेवारी भएको बताएका छन् ।

पालना नगर्नु बहादुरी होइन गैह्र जिम्मेवारीको पराकाष्ठा, कानूनको उलंघन र अन्य नागरिकको जीवनप्रति गम्भीर खेलबाड समेत हो ! उनले भनेका छन् ।

दोस्रो पटक कोरोना संक्रमण पुष्टि भएपनि होम आइसोलेसनमा बसेका नेता शर्माले आइसोलसन पछि पुन काममा फर्किँदै यस्तो बताएका हुन् ।’यहि ज्ञान र विज्ञान आत्मसात गरेर संक्रमणपछि पुर्ण आइसोलेसनमा बसेर बल्ल सांगठनिक काममा फर्केको छु ।’उनले भनेका छन् ।

नेता शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कोरोना संक्रमण पुष्टि भएको दूई पछि नै सार्वजनिक कार्यक्रममा देखा परेपछि उनको आलोचना गर्दै ‘संक्रमण पुष्टिपछि आइसोलेसनमा बस्नु हरेकको जिम्मेवारी भएको बताएका हुन् ।

‘संक्रमण पुष्टिपछि आइसोलेसनमा बस्नु हामी हरेकको जिम्मेवारी हो । पालना नगर्नु बहादुरी होइन गैह्र जिम्मेवारीको पराकाष्ठा, कानूनको उलंघन र अन्य नागरिकको जीवनप्रति गम्भीर खेलबाड समेत हो १ यहि ज्ञान र विज्ञान आत्मसात गरेर संक्रमणपछि पुर्ण आइसोलेसनमा बसेर बल्ल सांगठनिक काममा फर्केको छु ।’

उनले भनेका छन् , ‘संक्रमण पुष्टिपछि आइसोलेसनमा बस्नु हामी हरेकको जिम्मेवारी हो । पालना नगर्नु बहादुरी होइन गैह्र जिम्मेवारीको पराकाष्ठा, कानूनको उलंघन र अन्य नागरिकको जीवनप्रति गम्भीर खेलबाड समेत हो १ यहि ज्ञान र विज्ञान आत्मसात गरेर संक्रमणपछि पुर्ण आइसोलेसनमा बसेर बल्ल सांगठनिक काममा फर्केको छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर