देउवा ,प्रचण्ड र नेपालबिच बालुवाटारमा भेटवार्ता, के विषयमा भयो छलफल ? — OSNepal

देउवा ,प्रचण्ड र नेपालबिच बालुवाटारमा भेटवार्ता, के विषयमा भयो छलफल ?

LC (KTM) January 28, 2022 0

काठमाडौं १४ माघ । प्रधानमन्त्री शेरबादुर देउवा , नेकपा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समावजादी)का अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।

आज शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालाुवाटारमा तिन नेता बिचअ भेटवार्ता भएको हो । भेटमा बुधबार सम्पन्न भएको राष्ट्रिय सभा सदस्य निर्वाचनको समीक्षा विषयमा छलफल भएको बताइएको छ ।

साथै निकट स्रोतले दिएको जानकारी अनुसार बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारी र देउवा बिच भएको छलफलको विषयमा पनि छलफल भएको बुझिएको छ ।

स्थानीय तह निर्वाचनको मिति धकेल्ने सत्तागठवन्धनको तयराीलाई भण्डारीले असहमत जनाउँदै समयमा नै निर्वाचन गर्न सुझाव दिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर