युरोकपको तयारीमा जुटेको स्कटल्याण्डलाई तनाव, नेदुल्याण्ड्सबिरुद्धको आजको खेलमा कोरोनाका कारण स्कटल्याण्डका ६ खेलाडीले खेल गुमाउँदै — OSNepal

युरोकपको तयारीमा जुटेको स्कटल्याण्डलाई तनाव, नेदुल्याण्ड्सबिरुद्धको आजको खेलमा कोरोनाका कारण स्कटल्याण्डका ६ खेलाडीले खेल गुमाउँदै

LC (KTM) June 02, 2021 0

युरोकप फुटबलको तयारीका लागि आज हुने मैत्रीपुर्ण खेलमा स्कटल्याण्ड र नेदरल्यान्ड्स भिड्ने भएका छन् । तर आजको खेल स्कटल्याण्डका लागि दुर्भाग्यपुर्ण साबित भएको छ ।

स्कटल्याण्डका एक मिड फिल्डरलाई कोरोना पोजेटिभ देखिएपछि अन्य ५ खेलाडिले पनि खेल गुमाउने भएका छन् । मिडफिल्डर जोन फ्लिकलाई कोरोना भाईरसको संक्रमण देखिएपछि ६ खेलाडीले मैत्रीपूर्ण खेल गुमाउने भएका हुन् ।

जोन कोरोना देखिएपछि सेल्फ आईसोलेसनमा बसेका छन् । मैत्रीपूर्ण खेल गुमाउनेमा डेभिड मार्सल, स्टेफेन ओुडोनेल , नाथन पिटर्सन, ग्रान्ट हेन्ली, जोन म्याकगिन र चे एडम्स रहेका छन् ।

उनीहरुको कोरोना रिपोर्ट नेगेटिभ आएपनि नेदरल्यान्ड्सविरुद्ध खेल्ने छैनन् । स्कटल्याण्डले आज राति नेदरल्यान्ड्सविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर