काठमाडौंमा महिलाभन्दा पुरुषको संख्या धेरै ! — OSNepal

काठमाडौंमा महिलाभन्दा पुरुषको संख्या धेरै !

LC (KTM) January 27, 2022 0

काठमाडौं । राष्ट्रिय जनगणनाका २०७८ को प्रारम्भीक नतिजा अनुसार काठमाडौंमा महिलाभन्दा पुरुषको संख्या धेरै रहेको छ । उपत्यकामा पुरूषको संख्या १५ लाख १९ हजार २०६ रहेको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै महिलाको संख्या १४ लाख ७७ हजार १३५ रहेको पाइएको छ । जसअनुसार काठमाडौं उपत्यकामा महिलाको संख्या पुरुषको भन्दा ४२ हजार ७१ ले कम रहेको पाइएको हो ।

तथ्याङ्क अनुसार काठमाडौंमा पछिल्लो १० वर्षमा सबैभन्दा बढी २ लाख ७३ हजार २९२ जना थपिएका छन्। बुधबार सार्वजनिक भएको तथ्याङ्क अनुसार करिब ८० वर्षयताकै कम जनसंख्या वृद्धिदर भएको पाइएको छ ।जसमा पुरुषको भन्दा महिलाको जनसंख्या ६ लाखभन्दा बढी भएको तथ्याङ्क सार्वजनिक भएको छ । काठमाडौंमा पछिल्लो १० वर्षमा सबैभन्दा बढी २ लाख ७३ हजार २९२ जना थपिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर