उद्यम गर्न चाहने युवाहरुलाई नगरपालिकाले आफैं जमानी बसेर ऋण प्रदान गर्ने — OSNepal

उद्यम गर्न चाहने युवाहरुलाई नगरपालिकाले आफैं जमानी बसेर ऋण प्रदान गर्ने

LC (KTM) January 27, 2022 0

पाल्पा १३ माघ । तानसेन नगरपालिकाले उद्यम गर्न चाहने युवाहरुलाई आफैं जमानी बसेर ऋण प्रदान गर्ने भएको छ । नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा लागेका युवाहरुलाई बैकमा जमानी बसेर विना धितो सहुलियत दरमा ऋण प्रदान गरेको छ ।

नगरपालिकाले नगरका १४ वटै वडाहरुका युवाहरुलाई उद्यमी बनाउन यस्तो अभियान चलाएको हो । नगर प्रमुख अशोक कुमार शाहीले बताए अनुसार आफ्नै परिवार साथीभाइसँग बसेर व्यवसायी बन्दै रोजगारी सिर्जना गर्ने र अरुलाई पनि रोजगारी दिने उद्देश्यले नगरपालिकाले यो अभियान सुरु गरेको पाइएको छ ।

विना धितो ऋण पाएका महिला उद्यमीका लागि ४ प्रतिशत र पुरुष उद्यमीका लागि ५ प्रतिशत व्याजदरमा कायम गरिएको समेत उनले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर