जनमत पार्टीका कार्यकर्तालाई कारवाही गर्न मधेस सरकारको निर्देशन — OSNepal

जनमत पार्टीका कार्यकर्तालाई कारवाही गर्न मधेस सरकारको निर्देशन

LC (KTM) January 27, 2022 0

जनकपुर १३ माघ । मधेस सरकारले जनमत पार्टीका कार्यकर्तालाई कारवाही गर्न निर्देशन दिएको छ ।

बुधरबार भएको राष्ट्रिय सभा निर्वाचनको क्रममा जनमत पार्टीका कार्यर्ताले जनकपुमार विभिन्न जिल्लाका जनप्रतिनिधिको सवारी साधन तोडफोड गरेको भन्दै प्रदेश सरकारले यस्तो निर्देशन दिएको हो ।

सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले बिहिबार एक विज्ञप्ती जारी गर्दै यस्तो जानकारी गराइएको हो ।

राष्ट्रियसभा निर्वाचनका लागि मतदान गर्न आएका जनप्रतिनिधिका सवारी साधनमा गरिएको तोडफोड एवं हिंसाजन्य गतिविधि गर्नेहरुलाई कार्वाही गर्न निर्देशन दिएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विज्ञप्ती मार्फत घटना छानबिन गरी सम्बन्धित जनप्रतिनिधि एवं चिकित्सकलाई राहत उपलब्ध गराउन एवं दोषीलाई कारबाही गर्न तालुक निकायलाई निर्देशित गरिएको छ ।

बधबार सम्पन्न भएको राष्ट्रिय सभा सदस्यको निर्वाचनको क्रममा जनमतका कार्यकर्ताले प्रदेशसभा सदस्य अशोक यादव, हरिवन नगरपालिकाका प्रमुख, उपप्रमुख, जलेश्वर अस्पतालका चिकित्सक डा। सतिश साहलगायतका सवारी साधन तोडफोड गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर