झापा १३ माघ । ५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा ३८ वर्षीय एक जना पुरुष पक्राउ परेका छन् ।
झापाको बिर्तामोडमा ५ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले बिर्तामोडकै चैतुवारीस्थित प्रदीप इँटा भट्टामा काम गर्ने र्लाही बरथवा नगरपालिका २ हजरीया घर भएका ३८ वर्षका गंगा मगरलाई पक्राउ गरेको छ ।
निजलाई ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले घटना लगत्तै पक्राउ गरेको हो ।
यस विषयमा थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।