बाँस्कोटाको व्यंग्य : चुनाव गर्छु भन्ने ओलीलाई प्रतिगमन भन्नेहरुले चुनाव नगरीकन अवैध सत्ता लम्ब्याउन खोज्नेहरूलाई लोकतन्त्रको दुहाई दिइरहेका छन् — OSNepal

बाँस्कोटाको व्यंग्य : चुनाव गर्छु भन्ने ओलीलाई प्रतिगमन भन्नेहरुले चुनाव नगरीकन अवैध सत्ता लम्ब्याउन खोज्नेहरूलाई लोकतन्त्रको दुहाई दिइरहेका छन्

LC (KTM) January 27, 2022 0

काठमाडौं १३ माघ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले हिजो सम्पन्न राष्ट्रिय सभाको निर्वाचनको परिणामले प्रचण्ड, माधव नेपाल लगायत गठबन्धन दलका नेताहरुले अन्तिम खुसीयाली मनाएको भन्दै आलोचना गरेका छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’मा नेता बास्ँकोटाले यस्तो आलोचना गरेका हुन् । गठवन्धनका लागि यो अन्तिम रात्रिभोज भएको बताएका उनले भनेका छन् , ‘नेकपा एमालेलाई धक्का लागेको होइन, उत्साह पैदा भएको छ । त्यत्रो ताकत लगाउँदा कम्तीमा एउटा सिट भए पनि जित्यो एमालेले ।’

चुनाव गर्ने केपी ओलीलाई प्रतिगामी भन्नेहरुले अनि चुनाव नगरीकन अवैध सत्ता लम्ब्याउन खोज्नेहरूले लोकतन्त्रको दुहाई दिइरहेको भन्दै उनले कस्तो हास्यास्पद स्थिति आएको बताएका छन् ।

‘वैशाखमा चुनाव भएन भने संविधान च्यातेको ठहर्छ । त्यसको सुरुवात गठबन्धनले गर्यो भने हामीले पनि किन संविधान मान्ने ? उहाँहरु थाहा नभएको गन्तव्यमा हिँडदै हुनुहुन्छ । यसबाट एमालेलाई केही घाटा हुँदैन ।’ उनले अघि भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर