सूर्य चिह्नको दुरूपयोगको शृङ्खला अन्त्य भएको छ,अब आम जनता निर्णायक हुने निर्वाचनको तयारीमा जुटौं — OSNepal

सूर्य चिह्नको दुरूपयोगको शृङ्खला अन्त्य भएको छ,अब आम जनता निर्णायक हुने निर्वाचनको तयारीमा जुटौं

LC (KTM) January 27, 2022 0

काठमाडौं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले राष्ट्रियसभाको निर्वाचन परिणाम पूर्वानुमान गर्न सकिने खालकै भएको भन्दै टिप्पणी गरेका छन् ।

नेता ज्ञवाली माघ १२ गते भएको राष्ट्रिय सभा निर्वाचन मतपरिणामलाई लिएर यस्तो टिप्पणी गरेका हुन् । सामाजिक सञ्जाल मार्फत सूर्य चिह्नको दुरूपयोगको शृङ्खला अन्त्य भएको समेत बताएका छन् ।

सत्ता गठवन्धन विरुद्ध निर्वाचनमा होमिएका नेकपा ९एमाले० नेता सोनम ग्याल्जेन शेर्पा अल्पसंख्यक क्षेत्रबाट निर्वाचित भएको विषयलाई लिएर यस्तो बताएका हुन् ।

साथै नेकपा एमालेका उम्मेदवार गुरु बराल प्रदेश १ अन्यतर्फको सदस्यमा कांग्रेसका गोपाल बस्नेसँगको प्रतिस्पर्धामा बराबरी मत ल्याएर पनि गोला प्रथाबाट पराजित भएका थिए ।

नेता ज्ञवालीले यस विषयलाई लिएर अधिकांशले मत बढाएको भन्दै अब आम जनता निर्णायक हुने निर्वाचनको तयारीमा जुट्न आग्रह समेत गरेका छन् ।

‘राष्ट्रियसभाको निर्वाचन परिणाम पूर्वानुमान गर्न सकिने खालकै थियो। र पनि, गठबन्धनको घेरा तोडेर सोनाम विजयी हुनुभएको छ, गुरूले बराबरी मत ल्याउनु भएको छ र अधिकांशले मत बढाउनु भएको छ। सूर्य चिह्नको दुरूपयोगको शृङ्खला अन्त्य भएको छ।
अब आम जनता निर्णायक हुने निर्वाचनको तयारीमा जुटौं!’

नेता ज्ञवालीको ट्वीट : राष्ट्रियसभाको निर्वाचन परिणाम पूर्वानुमान गर्न सकिने खालकै थियो। र पनि, गठबन्धनको घेरा तोडेर सोनाम विजयी हुनुभएको छ, गुरूले बराबरी मत ल्याउनु भएको छ र अधिकांशले मत बढाउनु भएको छ। सूर्य चिह्नको दुरूपयोगको शृङ्खला अन्त्य भएको छ।
अब आम जनता निर्णायक हुने निर्वाचनको तयारीमा जुटौं!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर