कमल थापाको प्रश्न : संसारमा हामी नेपाली भनेर चिनिने पहिचान के हो ? — OSNepal

कमल थापाको प्रश्न : संसारमा हामी नेपाली भनेर चिनिने पहिचान के हो ?

LC (KTM) January 27, 2022 0

काठमाडौं १३ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका पुर्व अध्यक्ष कमल थापाले गर्वले हामी नेपाली हौं र सनातन धर्म हाम्रो पहिचानको आधार हो भन्न आग्रह गरेका छन् ।

‘जसरी पश्चीमा मुलुकहरु आफ्नो समाज र राष्ट्र ‘ईसाई मुल्य र मान्यता’ (Christian values) मा आधारित छ भन्नमा गौरव गर्छन,त्यसैगरी हामीले नेपाली समाज सनातन धर्ममा आधारित छ भन्नमा हिनतावोध गर्नु हुँदैन ।’ उनले भनेका छन् । नेता थापाले ट्वीटर मार्फत यस्तो बताएका हुन् ।

संसारमा हामी नेपाली भनेर चिनिने पहिचान केहो भन्दे प्रश्न गरेका उनले पहिचान विना व्यक्ति,समाज र राष्ट्र जिवन्त रहन नसक्ने बताएका छन् । पहिचान एक दिनमा बन्ने होइन।हजारौं बर्षको रितिथिती,परम्परा र आस्थाको आधारमा नेपालीको मौलिक पहिचान बनेको उनको ठहर छ ।

सनातन धर्म नेपाली पहिचानको जग हो।सनातन धर्मको रक्षा हाम्रो कर्तव्य हो उनल े भनेका छन् ।

‘जसरी पश्चीमा मुलुकहरु आफ्नो समाज र राष्ट्र ‘ईसाई मुल्य र मान्यता'(Christian values) मा आधारित छ भन्नमा गौरव गर्छन,त्यसैगरी हामीले नेपाली समाज सनातन धर्ममा आधारित छ भन्नमा हिनतावोध गर्नु हुँदैन । गर्वले भनौँ हामी नेपाली हौँ, गर्व गरौँ सनातन धर्म हाम्रो पहिचानको आधार हो ।’

‘संसारमा हामी नेपाली भनेर चिनिन्छौं ।यो पहिचान के होरु पहिचान विना व्यक्ति,समाज र राष्ट्र जिवन्त रहन सक्दैन।पहिचान एक दिनमा बन्ने होइन।हजारौं बर्षको रितिथिती,परम्परा र आस्थाको आधारमा नेपालीको मौलिक पहिचान बनेको छ।सनातन धर्म नेपाली पहिचानको जग हो।सनातन धर्मको रक्षा हाम्रो कर्तव्य हो’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर