काठमाडौं १३ माघ । काठमाडौं स्थित बालाजु औद्योगिक क्षेत्र भित्र ग्यास बुलेटमा च्यापीदा एकजना चालकको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा भारतीय नागरिक ४५ वर्षीय दिलिप राजवंशी रहेका छन् । पार्किङ गरेर सिसा पुछ्दै गर्दा अचानक गुडेपछि अर्को ग्यास बुलेट उनी च्यापिदा गम्भिर घाइते भएका थिए ।
आज बिहिबार बिहान पौने चार बजे तिर भएको उक्त दुर्घटना पनि उनलाई उपचारको लागि उनको शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको थियो । उनको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
राजवंशी च्यापिएको बुलेट चालकलाई महानगरीय प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिई अनुशन्धानलाई अगाडी बढाएको छ ।