जिउधनको रक्षा गर्न बसेको प्रहरी रक्षकको नाममा भक्षक बन्दै , ड्युटी सकेर फर्कदै गरेका स्वास्थ्यकर्मी यसरी प्रहरीद्धारा बिच बाटोमै कुटीए — OSNepal

जिउधनको रक्षा गर्न बसेको प्रहरी रक्षकको नाममा भक्षक बन्दै , ड्युटी सकेर फर्कदै गरेका स्वास्थ्यकर्मी यसरी प्रहरीद्धारा बिच बाटोमै कुटीए

LC (KTM) June 02, 2021 0

यो महासंकटका बेला अग्रपंक्तिमा रहेर खटिरहेका स्वास्थ्यकर्मी माथि दिनहु कुटपीटका घटनाहरु बाहिर आउन थालेका छन् । बिराटनगरमा फेरी एक जना स्वास्थ्यकर्मी कुटीएका हुन् ।

अस्पतालको डिउटी सकेर घर फर्कँदै गर्दा विराटनगरमा प्रहरीबाटै स्वास्थ्यकर्मी कुटिएका हुन् । गए राति साढे ९ बजे अस्पतालबाट घर फर्कँदै गर्दा सिनियर अहेब अशोक राजवंशी कुटिएको बताइएको छ ।

उनलाई सर्वसाधरणले हैन स्यंम जनताको जिउधनको सुरक्षा गर्न बसेको प्रहरीले कुटपीट गरेका हुन् । मोटरसाइकलमा घर जाँदै गर्दा विराटनगरको देवकोटा चोकमा डिउटीमा रहेका दुई जना प्रहरीले उनलाई कुटपिट गरेको बताएका छन् । ‘

परिचय पत्र भिरेर डिउटीबाट घरजादा प्रहरीले बाटोमा रोक्नु भयो,’ उनले भने,‘ स्वास्थ्यकर्मी हुँ भन्दा भन्दै दुई जना प्रहरीले कुटपिट गरे ।’ प्रहरीले कुटपिट गरेका कारण राजवंशीको खुट्टा र घोडामा नीलडाम छ ।

यता सहकर्मी कुटिएपछि विराटनगरमा स्वास्थ्यकर्मी आक्रोशीत बनेका छन् । उनीहरुले आज कोसी अस्पताल विराटनगर परिसरमा प्लेकार्ड सहित कुटपिटको विरोधमा प्रदर्शन गरेकाछन् ।

नेपाल चिकित्सक सङ्घ कोसीको अगुवाइमा प्रदर्शनमा उत्रिएका स्वास्थ्यकर्मीहरुले महामारीमा अग्रपङतीमा खटिएका स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टी गर्न माग समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर