लुम्बिनी प्रदेशमा गठवन्धनले मार्यो बाजी, तिनै पदमा गठवन्धन दल विजयी कसले कति मत पायो ? — OSNepal

लुम्बिनी प्रदेशमा गठवन्धनले मार्यो बाजी, तिनै पदमा गठवन्धन दल विजयी कसले कति मत पायो ?

LC (KTM) January 26, 2022 0

लुम्बिनी १२ माघ । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशमा गठवन्धन दलको विजय भएको छ । यस प्रदेशमा गठवन्धनका तिनै जना उम्मेदवारले जित हासिल गरेका छन् ।

जसमा खु्ल्ला सदस्यमा नेपाली कांग्रेसका युवराज शर्मा, महिला सदस्यमा नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे र दलित सदस्यमा राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिश्वकर्मा निर्वाचित भएका छन् । तिनै जनाले एमालेका उम्मेदवारलाई हराउँदै जित हासिल गरेका हुन् ।

साथै शर्माले ४३४४ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी एमालेका रामदयाल गुप्ताले ३३७८ मत मात्र ल्याएका छन् । त्यस्तै महिलातर्फकी गैरेले ४,३७४ ल्याउँदा प्रतिद्वन्द्वी एमालेकी भारती खनालले ३,३१२ मत ल्याएकी छन् ।

दलिततर्फ विश्वकर्माले ४३५६ मत ल्याउँदा प्रतिद्वन्द्वी एमालेका कृष्णबहादुर सुनारले ३३४८ मत ल्याएका छन् ।

निर्वाचनमा प्रदेश सभा सदस्य एक बराबर ४८ र स्थानीय तह तर्फ एक सदस्य बराबर १८ मतभार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर