राष्ट्रिय सभा निर्वाचन : सत्ता गठवन्धनमा एकीकृत समाजवादीको पकट बलियो, सुदूरपश्चिम प्रदेशमा गरिमा शाह विजयी — OSNepal

राष्ट्रिय सभा निर्वाचन : सत्ता गठवन्धनमा एकीकृत समाजवादीको पकट बलियो, सुदूरपश्चिम प्रदेशमा गरिमा शाह विजयी

LC (KTM) January 26, 2022 0

कैलाली १२ माघ । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत सुदूरपश्चिममा भएको निवार्चनमा महिलातर्फ नेकपा एकीकृत समाजवादीकी गरिमा शाह (मदनकुमारी शाह) निर्वाचित भएकी छन् ।

पार्टीकी केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्जसमेत रहेकी उनी प्रदेशसभातर्फ १८७२ मतभार र स्थानीय तहतर्फ १९६२ मतभार पाएर निर्वाचित भएकी हुन् ।

अर्का प्रतिद्वन्द्वी नेकपा एमालेकी सन्तोषकुमारी थापाले प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ ११५२ मतभार प्राप्त गरेकी छन् ।

यसैगरी अन्य तर्फको मतगणना भने भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर