लुम्बिनी प्रदेशमा एकीकृत समाजवादीकी गैरेले एमालेकी खनाललाई पराजित गर्दै निर्वाचित भइन् — OSNepal

लुम्बिनी प्रदेशमा एकीकृत समाजवादीकी गैरेले एमालेकी खनाललाई पराजित गर्दै निर्वाचित भइन्

LC (KTM) January 26, 2022 0

काठमाडौं १२ माघ । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टीकी राजेन्द्रलक्ष्मी गैरे निर्वाचित भएकी छन् ।

गैरेले प्रदेशसभाको ४५ र स्थानीय तहको प्रमुख र उपप्रमुख गरी १२३ जनप्रतिनिधिको मत पाएकी छन् । उनकी प्रतिद्धन्दी एमालेकी भारती खनाल उपाध्यायले प्रदेशसभाको ३६ र स्थानीय तहका ८८ जनप्रतिनिधिको मत पाएकी छन् ।

यसैगरी, राष्ट्रियसभा सदस्य निर्वाचनमा देश १ बाट महिलातर्फ एकीकृत समाजवादी पार्टीकी नेतृ जयन्ती राई निर्वाचित भएकी छन् ।

१९ पदको लागि भएको निर्वाचनमा महिला तर्फ प्रदेश १बाट राई निर्वाचित भएकी हुन् । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी राईले

४ हजार ६९२ मत पाएकी छन् । यता उनको प्रतिद्धन्दी एमालेकी सावित्रा भण्डारीले ४ हजार ३६२ मत प्राप्त गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर