थप ८ हजार ४५४ जनामा संक्रमण पुष्टि , ५ जनाको मृत्यु ,४ हजार ४३३ जना भए निको — OSNepal

थप ८ हजार ४५४ जनामा संक्रमण पुष्टि , ५ जनाको मृत्यु ,४ हजार ४३३ जना भए निको

LC (KTM) January 26, 2022 0

काठमाडौं १२ माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ४५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर १३ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ५७१ जना र ६ हजार ८१० जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार ८८३ जना गरी ८ हजार ४५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी , पछिल्लो २४ घण्टामा ५ जना संक्रमितको ज्यान गएको छ । भने ४ हजार ४३३ जना कोरोना संक्रमण मुक्त भएको मन्धालयले जनाएको छ ।

हाल देशभरमा ९० हजार ६७ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर