मकवानपुरमा थप ११ दिन निषेधाज्ञा थपियो, बिहान ८ बजेसम्म पसल सञ्चालन गर्न पाइने — OSNepal

मकवानपुरमा थप ११ दिन निषेधाज्ञा थपियो, बिहान ८ बजेसम्म पसल सञ्चालन गर्न पाइने

LC (KTM) June 02, 2021 0

मकवानपुर, १९ जेठ – जिल्लामा यही जेठ ३१ गतेसम्म निषेधाज्ञा थप भएको छ । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा यही जेठ ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।बैठकले वैशाख १९ गतेदेखि जारी निषेधाज्ञालाई ११ दिन लम्ब्याएर जेठ ३१ गतेसम्म पु¥याउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिनुभयो । त्यस्तै केन्द्रको बैठकले अत्यावश्यक सेवा, तरकारी, फलफूल, दुग्ध पदार्थ, खाद्यान्नलगायतका पसलहरु बिहान ८ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ । खोपेगल्ली र बसपार्कको तरकारी पसल तथा मण्डी र डिपार्टमेन्ट स्टोर्सहरु पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

त्यस्तै यसअघि जारी भएको हेटौंडाको मुख्य बजार क्षेत्र पूर्णरुपमा बन्द गर्ने निर्णय हटाइने भएको छ । बैठकले बैंक तथा मनिट्रान्सफरहरुको हकमा भने स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर साताको तीन दिन आइतबार, मङ्गलबार र विहीबार बिहान १० बजेदेखि २ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ । यसैगरी कामदार कर्मचारीलाई उद्योग परिसरमै बस्ने र खाने व्यवस्था मिलाएर वा घरबाटै लाने ल्याउने व्यवस्था गरेर उद्योग सञ्चालन गर्न सक्ने बैठकले निर्णय गरेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर