प्रदेश १ मा आज १ हजार ४२ जना कोरोना संक्रमण मुक्त — OSNepal

प्रदेश १ मा आज १ हजार ४२ जना कोरोना संक्रमण मुक्त

LC (KTM) June 02, 2021 0

प्रदेश १ मा आज १,०४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४४१ महिला र ६०१ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङबाट मात्रै आज ५४५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३८ हजार ४३० पुगेको छ ।

प्रदेश १ मा आज ७१८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३०२, झापामा २९३, सुनसरीमा ४५, इलाममा २७, सोलुखुम्वुमा १३, धनकुटामा ७, उदयपुरमा ४, खोटाङमा ३, पाँचथर, ताप्लेजुङ, संखुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ७१ महिला र ९६ पुरुष सहित १६७, सुन्दरहरैचामा २६, पथरीशनिश्चरेमा २३, केराबारीमा २०, सुनबर्षी, उर्लाबारी र बुढीगंगामा १०–१०, रतुवामाई र लेटाङमा ९–९, कटहरीमा ५, जहदामा ४, रंगेलीमा ३, बेलबारी र ग्रामथानमा २–२, धनपालथान र कानेपोखरीमा १–१ जनामा संक्रमण देखिएको छ ।

झापाको विर्तामोडमा ७४, भद्रपुरमा ३८, बुद्धशान्ति र अर्जुनधारामा ३३–३३, कनकाईमा २८,मेचीनगरमा २१, दमकमा १५, शिवसताक्षीमा १४, बा¥हदशीमा १२, कचनकवल र गौरीगञ्जमा५–५, हल्दिबारीमा ४, कमल गाउँपालिका र झापा गाउँपालिकामा३–३, गौरादहमा १ र स्थानीयतह नखुलेका ४ जनामा संक्रमण भएको छ ।

सुनसरीको इटहरीमा १६, हरिनगरमा ८, दुहवीमा ६, रामधुनी, देवानगञ्ज र बर्जुमा ३–३, गढी, भोक्राहा नरसिंह र कोशी गाउँपालिकामा२–२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि इलामको माईजोगमाईमा ९, इलाम नगरपालिकामा ७, चुलाचुलीमा ४, सुर्योदयमा १ र स्थानीयतह नखुलेका ६, सोलुखुम्वुको नेचा सल्यानमा ७, माप्य दुधकोशीमा ६, धनकुटाको धनकुटा नगरपालिकामा ४, छथर, पाख्रिवास र चौवीसेमा १–१ जनामा संक्रमण भएको छ ।

उदयपुरको रौतामाईमा १ र स्थानीयतहनखुलेका ३,खोटाङको बराहपोखरी, ऐसेलुखर्क र दिक्तेल रुपाकोट मझुवागढीमा १–१, पाँचथरको, ताप्लेजुङ, संखुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ माकोरोना संक्रमितको संख्या ५९ हजार ४६० पुगेको छ । सक्रिय संक्रमितको संख्या २० हजार १०५ पुगेको छ । प्रदेश १ माआज १ हजार ८०२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २९९ महिला र ४१९ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर