टाइगरलाई मुम्बई सडकको घुमाई महँगो पर्यो, सुन्दरी दिशासँग हिँड्दा प्रहरीले गर्यो केरकार — OSNepal

टाइगरलाई मुम्बई सडकको घुमाई महँगो पर्यो, सुन्दरी दिशासँग हिँड्दा प्रहरीले गर्यो केरकार

LC (KTM) June 02, 2021 0

काठमाडौँ । भारतीय चर्चित नायिका दिशा पटानी आफ्नो बोल्ड छविका कारण सदावहार रुपमा चर्चामा आइरहन्छिन् । सामाजिक संजालमा औधी सक्रिय दिशा आफ्ना प्रेमी तथा बलिउडका चर्चित अभिनेता टाइगर श्रफसँगको सम्बन्धका कारण पनि चर्चामा आइरहने गर्छिन् । यि दुर्यको चर्चित जोडीले सदावहार रुपमा कभरेज पाइरहेका हुन्छन् । यसैबिच हालैमात्र अभिनेत्री दिशालाई लिएर हिडेका अभिनेता टाइगरलाई पुलिसले रोकेको छ ।

यो चर्चित जोडी पछिल्लो समय टाइगर र दिशा माल्दिभस घुमेर आएको बिषयमा निकै चर्चा भएको थियो । यस पटक भने उनीहरु बाटोमा हिडिरहेको बेलामा प्रहरीले रोक्न पु्गेका दलृश्यहरु समेत भाइरल बनेका छन् । कोरोना महामारीको समयमा निश्फिक्रि घुमिरहेका टाइगरलाई प्रहरीले रोकेपछि यो जोडीले केही समय अप्ठ्यारो माने । दिशा र टाइगर मंगलबार साँझ जिमबाट फर्किरहेका बेला उनीहरुलाई प्रहरीले केरकार गरेको थियो ।

प्रेमिकासँग टाइगर आफ्नो कारमा मुम्बईको वान्ड्रा ब्यान्डस्ट्यान्डमा घुमीरहेका थिए। एक फेरा घुमी सकेर पुनस् दोस्रो पटक घुम्न खोज्दा पुलिसले उनीहरुलाई केरकार गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर