निषेधाज्ञा लगत्तै नेपालमा रेल र पानी जहाज चल्ने : मन्त्री नेम्बाङ — OSNepal

निषेधाज्ञा लगत्तै नेपालमा रेल र पानी जहाज चल्ने : मन्त्री नेम्बाङ

LC (KTM) June 02, 2021 0

काठमाडौँ १९ जेठ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले निषेधाज्ञा पछि नेपालमा रेल र पानी जहाज चल्ने बताएका छन् । बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री नेम्वाङले लकडाउनपछि जनकपुर–जयनगर रेल र पानी जहाज नेपालमा चलाईने बताएका हुन् ।

उनले भने, ‘जनकपुर–जयनगर रेल सञ्चालनका लागि दश अर्ब बजेट छुट्याइएको छ । उक्त बजेट रेल सञ्चालन र निर्माणका लागि छुट्याइएको छ । ठेक्का पठ्ठाका कामहरु भइसकेका छन् ।’पानी जहाज ऐनको ड्राफ्ट पनि पूरा भइसकेको अवस्थामा अब नेपालमा पनि पानी जहाज हुने मन्त्री नेम्वाङले जनाएका हुन् ।

सम्मेलनमा उनले केरुङ-काठमाडौ रेलमार्गबारे पनि दुई छिमेकी देशबीच सम्झौता भएको बताएका छन् । यसैआर्थिक वर्ष भित्र गर्ने सरकारको तयारी रहेको बताएका नेम्वाङले कोशी, गण्डकी, नारायणी, कर्णाली नदी रहेका छन् । यी नदीहरुमा पनि निजी क्षेत्रबाट पनि जेटबोटरजहाज चलाउन सकिनेबारे छलफल गरिरहेका छौँ , साथै यसका लागि ठाउँठाउँमा टर्मिनल बनाउने, जेट बोटको कनेक्टेभिटी कहाँसम्म फैलाउने भन्नेबारेमा भारतसँग पनि सहकार्य गर्न सक्ने बताएका छन् ।

उनले भने, ‘नेपालको झन्डाको पहिचानसहित समुद्रमा नेपालले पानी जहाज सञ्चालन पाउनका निम्ति सातरआठ वटा अन्तर्राष्ट्रिय सम्मेलन (कन्भेसन)हरु छन् । रेडिफाइ गरेर संसद्बाट अनुमादोन गर्न पर्नेछ । साथै, सन्धी तथा महासन्धीहरु संसद्मा पेश गरेर छलफल गरिएको अवस्था छ । त्यसपछि झन्डाको पहिचानसहित पानी जहाज चल्न पाउनेबारे कुरालाई अघि बढाइएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर