रिलीज हुन लागेको फिल्मलाई लिएर करनी सेनाले चेतावनी दिएपछि अक्षय कुमार तनावमा — OSNepal

रिलीज हुन लागेको फिल्मलाई लिएर करनी सेनाले चेतावनी दिएपछि अक्षय कुमार तनावमा

LC (KTM) June 02, 2021 0

बलिउडमा फिल्म बिरुद्ध मुद्धा मामिला पर्नु सामान्य जस्तै भईसकेको छ । बलिउडका एक्सन किंग अक्षय कुमारको फिल्म पृथ्वीराजको नाम परिवर्तन गरिनुपर्ने र केही सामाग्री राख्न नहुने भन्दै अदालतमा मुद्धा परेको छ ।

अभिनेता अक्षय कुमार र निर्माता आदित्य चोपडाविरुद्ध अदालतमा मुद्दा परेको हो । फिल्म पृथ्वीराजको नाम पृथ्वीराज चौहान राखिनुपर्ने र त्यो फिल्मभित्रको कथामा इतिहासविद्धको सामग्री राख्नु नहुने भन्दै भारतका हिन्दूवादी करनी सेनाले माग उठाउँदै आएका छन् ।

बारम्बार यो माग राखे पनि निर्माण पक्षले कुनै चासो नराखे पछि अदालतको ढोका ढक्ढक्याउन पुग्नु परेको करनि सेनाले जनाएको छ । उक्त फिल्मको नामा पृथ्वीराज मात्र राख्दा प्रत्येक भारतीयको धार्मिक र सामाजिक भावनामा ठेस पुग्ने उनीहरुको दाबी छ ।

आफ्नो मागलाई बेवास्ता गरेर अघि बढे आन्दोलनमा उत्रने सेनाले चेतावनी दिएको छ । बलमिचेर निर्माण पक्ष अघि बढे फिल्म प्रदर्शनमा रोक लगाउने पनि करनी सेनाले जनाएको छ ।

यता नायक अक्षयकुमारले भने सेनाको मागलाई सकरात्मक रुपमा लिएका छन् । उनले करनी सेनाको मागलाई आफूहरूले सम्मान गर्ने प्रतिक्रिया दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर