ओलीबाट रुष्ट प्रचण्डको आरोप : असंवैधानिक सरकारले आफ्नो कुर्सी बचाउन तराईलाई मरुभूमिकरण गर्न लाग्यो — OSNepal

ओलीबाट रुष्ट प्रचण्डको आरोप : असंवैधानिक सरकारले आफ्नो कुर्सी बचाउन तराईलाई मरुभूमिकरण गर्न लाग्यो

LC (KTM) June 02, 2021 0

काठमाडौँ १९ जेठ । चौतर्फी रुपमा आलोचना भइरहेको चुरे क्षेत्रको विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत सरकार प्रति ओलोचना गरेका छन् । अध्यक्ष प्रचण्डले असंवैधानिक सरकारले बजेटमार्फत नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने नाममा कुर्सी बचाउने उद्देश्य रहेको आरोप लगाएका छन् ।

नेता प्रचण्डले ट्वीटर मार्फत तराईलाई मरुभूमिकरण गर्ने राष्ट्र र जनविरोधी निर्णय तुरुन्त खारेज गर भन्दै केपी ओली सरकारलाई चेतावनी दिएक छन् । पहिलो चोटी संसद विघटन भएदेखि ओलीसँग रुष्ट रहेका प्रचण्डले ओली सरकारलाई कुर्सी बचाउन यस्तो कार्य गरेको बताएका हुन् ।

प्रचण्डले लेखका छन् , ‘गिटी, बालुवा उत्खनन् गरी बिक्री गर्ने कार्य राष्ट्र र जनता विरोधी हुने भन्दै तुरुन्त खारेज गर्न मागसमेत गरेका छन् । ‘असंवैधानिक सरकारले बजेटमार्फत नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने नाममा कुर्सी बचाउने र तराईलाई मरुभूमिकरण गर्ने राष्ट्र र जनविरोधी निर्णय तुरुन्त खारेज गरियोस्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर